arrow

इस्तियाक राईले पाएनन् आफ्नै गृह जिल्लाका प्रभावशाली नेताको साथ

logo
सौरभ गिरी,
प्रकाशित २०८१ वैशाख २९ शनिबार
banke-jasapa.jpg

बाँके । पार्टी विभाजनमा महत्वपूर्ण भूमिका खेलेर जनता समाजवादी पार्टी गठन गरी महासचिव बनेका बाँकेका मो. इस्तियाक राईले आफ्नै जिल्लाका प्रभावशाली नेताहरुको साथ पाएनन् ।

जनता समाजवादी पार्टी नेपाल बाँकेका अध्यक्ष एवम् नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई र जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् सदस्य एवम् बाँकेको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह राईलाई साथ नदिएर उपेन्द्र यादवकै पक्षमा खुलेका छन् ।

उनीहरुले छुट्टाछुट्टै विज्ञप्ति निकालेर आफूहरु उपेन्द्रसँगै रहेको प्रष्ट्याउँदै उपेन्द्रकै पक्षमा एकताबद्ध हुन आह्वानसमेत गरेका छन् ।

जिल्लाका नेताहरुको साथ पाउने अपेक्षा गरिएका बेला प्रभावशाली नेताहरुले नै साथ छाडेपछि राई अप्ठेरोमा परेका छन् । गृह जिल्लामा राई एक्लै परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ