arrow

हिमालयन एक्सट्रिम ट्रायथलनको उपाधि नर्वेका एन्डर्सलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
triathlon-pokhara.jpg

पोखरा । कास्कीमा सम्पन्न तेस्रो संस्करणको ‘हिमालयन एक्सट्रिम ट्रायथलन’को उपाधि नर्वेका एन्डर्स लङसेटले जितेका छन् । हिमालयन एक्सट्राईको आयोजनामा यही वैशाख २९ र ३० गते विश्वकै कठिनमध्येको मानिने सो प्रतियोगिता सम्पन्न भएको हो । 

प्रतियोगिताको उपाधि विजेता एन्डर्सले निर्धारित एक सय ७५ किमी साइक्लिङ र ४३ किमी लामो पर्यतीय दौड १६ घन्टा २३ मिनेट २६ सेकेन्डमा पूरा गरे । 

यसैगरी पुरुषतर्फ काजाकास्तानका रुस्लान एर्जानोभले निर्धारित दूरी पूरा गर्न १६ घन्टा ४७ मिनेट ४४ सेकेन्डको समय लगाउँदै द्वितीय भए । काजाकस्तानकै गालिम चाउशेभले निर्धारित दूरी १८ घन्टा ३७ मिनेट पाँच सेकेन्डमा पूरा गरी तृतीय बनेको इभेन्ट डाइरेक्टर दिवस योन्जनले जानकारी दिए । 

महिलातर्फ भने एक मात्र किर्गिस्तानकी खेलाडी आनासताशिला बारानोभाले दौड पूरा गरे । उनले निर्धारित दूरी पार गर्न १८ घन्टा ५६ मिनेट ३१ सेकेन्डको समय लगाए । एक्सट्रिम ट्रायथलनमा विभिन्न २५ देशका ३६ देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

प्रतियोगिता अन्तर्गत एक सय ७५ किमी साइकल दौड पोखराको लेकसाइडबाट सुरु भएर सराङकोट-पर्वतको सदरमुकाम कुश्मा-बागलुङ कालिका मन्दिर हुँदै पुनः फर्किएर कास्कीको लुम्ले काँडेमा पुगेर सम्पन्न भएको थियो ।

यसैगरी, ४३ किमी दौड काँडेबाट सुरु भएर अस्ट्रेलियन क्याम्प, देउराली, हाई-क्याम्प, लोक्याम्प, मर्दी हिमाल भ्यूप्वाइन्ट (चार हजार तीन सय मिटर) छोएर सोही बाटो हुँदै फर्किएर माछापुच्छ«े गाउँपालिका-८ को ल्वाङमा पुगेर सम्पन्न भएको थियो । 

प्रतियोगिताअन्तर्गतको फेवातालमा तीन किमी आठ सय मिटर पौडी भन्ने प्रतिकूल मौसमका कारण स्थगन गरेर साइक्लिङ र दौड दुई विधामात्र सञ्चालन गरिएको थियो । 

हिमालयन एक्सट्रिम ट्रायथलनको पोखरामा शनिबार बिहान पूर्वप्रधानमन्त्री झलनाथ खनालले शुभारम्भ गरेका थिए ।

प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रियरुपमा साहसिक खेलकुदको गन्तव्यका रुपमा विकास गर्न सहयोग पुगेको आयोजकको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ