arrow

सम्बन्ध सुमधुर बनाउन ग्रिसका प्रधानमन्त्री टर्किए जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
greece-map.jpg

काठमाडौँ । ग्रिसका प्रधानमन्त्री किरियोकोस मित्सोटाकिसलाई सोमबार अङ्कारामा टर्किएएका राष्ट्रपति रेसेप तैयप एर्डोगानले स्वागत गर्दै छन् । यो नाटोका छिमेकी मुलुकबीचको न्यानो सम्बन्धको पछिल्लो सङ्केत हो ।

दशकौँको तनावपछि डिसेम्बरमा एर्डोगानको ग्रिस भ्रमणपछि हुन लागेको यो एक दिने भ्रमण दुई मुलुकबीचको सम्बन्धमा नयाँ चरणको प्रतीक भएको कूटनीतिज्ञहरूले बताएका छन् । 

ग्रिक अखबार काथिमेरिनीमा आइतबार प्रकाशित अन्तरवार्तामा एर्डोगानले दुई छिमेकीबीचको ‘समस्या समाधान’ मा वार्ता केन्द्रीत हुने बताए । “एजियन सागरको दुवै किनारमा सधैँ शान्ति कायम सुनिश्चित गर्न दुवै मुलुकबीचको सम्बन्धलाई शान्त बनाउनु हाम्रो जिम्मेबारी हो”, उनले भने । उनले आफूले ‘द्विपक्षीय सम्बन्धको स्तरलाई नयाँ स्तरमा लैजान खोजेको’ बताए । 

डिसेम्बरमा क्षेत्रीय प्रतिद्वन्द्वी यी दुई मुलुकले साइप्रस टापुमा विभाजित र आ-आफ्नो जल क्षेत्रमार्फत आप्रवासनलाई सम्बोधन गर्दै आपसी सम्मान र शान्तिपूर्ण सह-अस्तित्वको महत्त्व पहिचान गरी मैत्रीपूर्ण र असल छिमेकी सम्बन्धका लागि आह्वान गर्ने घोषणामा हस्ताक्षर गरेका थिए ।

सन् २०२३ फेब्रुअरीमा दक्षिणपूर्वी टर्किएएमा भूकम्पले ५० हजारभन्दा बढी मानिसको मृत्यु भएपछि एकताले पनि सहयोग गरेको छ । यद्यपि टर्किएएले अर्को अभूतपूर्व बाइजान्टाइन चर्चलाई मस्जिदमा रूपान्तरण गरेर तुष्टीलाई कमजोर पारेको छ । 

चार वर्षको पुनःस्थापनापछि इस्तानबुलमा पूर्व करिये अर्थोडक्स चर्चलाई मे ६ मा मस्जिदका रूपमा पुनः खोलिएको छ । चर्चलाई परिवर्तन गर्ने सन् २०२० को निर्णय छैटौँ शताब्दीको हागिया सोफियाका पूर्व बाइजान्टाइन क्याथेड्रलमा मुस्लिम सेवाहरू पुनः सुरु भएपछि आएको हो । यो ऐतिहासिक भवन सन् १९३५ देखि सङ्ग्रहालय थियो । 

यी परिवर्तनलाई एर्डोगानको आफ्ना रूढिवादी तथा राष्ट्रिय समर्थकहरूलाई एकजुट बनाउने प्रयासको हिस्साका रूपमा हेरिएको छ । 

“सहरमा मस्जिदहरूको कुनै कमी छैन, यो सांस्कृतिक विरासतको उपचार गर्ने कुनै तरिका छैन”, ग्रिसका प्रधानमन्त्री मित्सोटाकिसले एक साताअघि भाेका थिए । 

यद्यपि उहाले ‘वार्ताको मार्ग खुला हुनुपर्ने’ बताए । शनिबार उनले ग्रिक टेलिभिजन स्टेसन अल्फा टिभीलाई सोमबार एर्डोगानलाई करियेको रूपान्तरणलाई ‘उल्ट्याउन’ का लागि प्रेरित गर्न वार्ता गर्ने बताए । 

ग्रिक विदेशमन्त्री जियोर्गोस गेरापेट्रिटिसले गत सोमबार उक्त कदमलाई ‘उत्तेजना’ भन्नुभएको थियो तर ‘एथेन्सले ग्रिक-टर्किएए सम्बन्धमा यथासम्भव लामो समयसम्म शान्त रहन खोजिरहेको’ दोहोर्याए । 

गत डिसेम्बरको बैठकमा केही सफलता प्राप्त भएका थिए । जस्तो टर्किएएबासीलाई टर्किएए तट नजिक ग्रिक टापुहरूको भ्रमणका लागि नयाँ विशेष भिसा । यसले टर्किएएबासीको आगमन सङ्ख्या तीन गुणा भएको छ । 

साथै एर्डोगानले ग्रिसको सैन्यीकरण रोक्नका लागि ग्रिक टापुहरूमा आक्रमण गर्ने आफ्नो पहिलेको कुनै पनि धम्कीलाई दोहोर्याउनुभएको छैन । 

यस्ता धम्कीका कारण अमेरिकी कांग्रेसले टर्किएएमा एफ-१६ विमानहरूको आपूर्ति रोक्नु परेको थियो । उक्त भिटो जनवरीमा हटाइएको थियो । उही समयमा अमेरिकाले ग्रिसलाई एफ-३५ को आपूर्तिलाई अनुमोदन गरेको थियो । 

सन् १९७४ मा टर्किएएको सैन्य हस्तक्षेपपछि दक्षिणमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त राज्य साइप्रस र टर्किएएले मात्र मान्यता पाएको टर्किए रिपब्लिक अफ नर्दन साइप्रसमा विभाजित भएको साइप्रसलाई लिएर असहमित कायम छ । 

टर्किएए र ग्रिसले पनि आप्रवासनमा सहकार्य गर्न सङ्घर्ष गरेका छन् । एसिया र अफ्रिकाका आप्रवासीले युरोप पुग्ने प्रयासमा दुवै मुलुकको वरपरका समुद्रहरूको प्रयोग गर्दछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ