arrow

एलजी एसोसियसन लिग च्याम्पियन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
lg-winner.jpg

पोखरा । बलराम केसी स्मृति कास्की जिल्ला लिगकम नकआउट फुटवल प्रतियोगिताको उपाधि एलजी एसोसियसनले जितेको छ ।

फाइनल खेलमा भ्याली स्पोट्र्स क्लबलाई ३-१ गोल अन्तरले हराउँदै एलजी च्याम्पियन बनेको हो ।

एलजीको जितमा आशिष गुरुङ नायक बने । एलजीका लागि तीन गोल आशिषले नै गरे । पहिलो हाफको १७औं मिनेटमा गोलको खाता खोलेको उनले दोस्रो हाफको २४ औँ र ३९औं मिनेटमा गरी व्यक्तिगत तीन गोल गरे ।

एलजीले एक लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो । उपविजेता भ्यालीले ६६ हजार छ सय ६६ रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।

खेलको म्यान अफ दि म्याच पनि आशिष नै भए । एलजीका यमबहादुर श्रेष्ठ सर्वोकृष्ट खेलाडी, आशिष गुरुङ उत्कृष्ट फरवार्ड र सर्वाधिक गोलकर्ता बने ।

यस्तै, भ्यालीका सृजन श्रेष्ठ उत्कृष्ट गोलकिपर, एलजीका कन्या गुरुङ उत्कृष्ट डिफेन्डर र एलजीकै प्रेम छन्त्याल उत्कृष्ट मिडफिल्डर घोषित भए ।

विजेता टोली प्रदेश स्तरीय फुटबलमा सिधै सहभागी हुन पाउनेछ ।

वैशाख १९ गतेबाट सञ्चालन भएको फुटबल प्रतियोगितामा संघमा आबद्ध २१ क्लब सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ