arrow

ईनेट पेमेन्टको पीएसपी लाइसेन्स खारेज

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
nepal-rastra-bank-nrb-flag.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी ईनेट पेमेन्ट प्रालीको लाइसेन्स खारेज भएको छ । नेपाल राष्ट्र बैंकले ५ वर्षअघि लाइसेन्स दिएको उक्त कम्पनीले पाएको भुक्तानी सेवा प्रदायकको लाइसेन्स खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकको निर्णय अनुसार अब उक्त संस्थाको भुक्तानी उपकरण सञ्चालनमा पूर्ण प्रतिबन्धित हुनेछ । अबको ३१ औं दिनदेखि अनुमतिपत्र सूचना प्रकाशन भएको मितिले ३१ औं दिनदेखि अनुमतिपत्र खारेज हुनेछ । 

साथै उक्त संस्थासँग ग्राहकको केही लेनदेन वा दायित्व बाँकी रहेको भए खारेज हुनुअघि नै सम्बन्धित संस्थामा सम्पर्क गरेर फरफारक गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ