arrow

विम प्रविधिले नेपालको निर्माण क्षेत्रमा सघाउ पुग्ने निचोड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
bim-conference-nepal.jpg

काठमाडौँ । नेपालको निर्माण क्षेत्रमा डिजिटलाइजेशन सम्बन्धी एक दिने सम्मेलन सम्पन्न भएको छ । नेपाल विम फोरम (एनबीआईएमएफ) र नेपाल जलविद्धुत एशोसियसन (एनएचए) ले विश्व बैंकको सहयोगमा ‘नेपालमा बीआईएम सम्मेलन २०२४’ शीर्षकमा एक दिने सम्मेलन आयोजना गरेको हो । 

कार्यक्रमको मुख्य विषय "कसरी कुशल र लागत प्रभावकारी निर्माण प्रक्रियामा डिजिटल प्रविधि “बीआईएम” सहायता गर्न सक्छ" भन्ने हो । पुल्चोकस्थित स्क्वायर होटलमा भएको कार्यशालामा विज्ञहरुले विचार प्रस्तुत गरेका थिए । 

यस कार्यक्रममा अपर अरूण जलविद्धुत योजनाका योजना प्रमुख, परामर्शदाता ट्ररयाक्टेल कम्पनी, नेपाल विम फोरमका अध्यक्ष, सल्लाहकार, निर्माण व्यवसाय महासंघका प्रतिनिधि, अन्तराष्ट्रिय स्तरका विम विज्ञहरूले समेत प्रस्तुतीकरण तथा मन्तव्य राखेका थिए । 

समग्र विमको प्रयोगवाट नेपालको जलविद्धुत क्षेत्रमा कसरी प्रयोगमा ल्याउन सकिन्छ र कसरी फाइदा लिन सकिन्छ भनेर व्यापक बहस, प्रस्तुतीकरण तथा छलफल भएको थियो । 

डिजिटल प्रविधिको प्रयोग गर्न मुख्यत: माइन्डसेटमा परिवर्तन ल्याउन जरूरी देखिएको विज्ञ सुनिल सुवालले बताए । यही नै गोष्ठीको निष्कर्षसमेत रहेको छ । डिजिटल प्रविधि प्रयोग गरी लाइडर सर्भे, भवन निर्माणको डिजाइनमा विमको प्रयोग नेपालमा समेत भइरहेको नेपाल विम फोरम तथा विम सम्बन्धी कार्य गर्ने परामर्शदाताले प्रस्तुतीकरणा मार्फत जानकारी गराएका थिए ।

विम तथा नविन प्रविधिको खोज अनुसन्धान, अध्ययन तथा प्रयोगमा सहयोग गर्न गैर नाफामुलक संस्था नेपाल विम फोरम संस्था सधै सहयोग गर्ने कुरा नेपाल विम फोरमका अध्यक्ष संकल्प पोखरेलले प्रतिबद्दता जनाए । यसैगरी नेपाल जलविद्धुत एशोसियसन तथा विश्व बैंकका प्रतिनिधिलेसमेत डिजिटल प्रविधिको प्रयोग सम्बन्धी महत्वका मन्तव्य राखेका थिए । 

करिब ढेढको सय हाराहारीमा विभिन्न क्षेत्रका इन्जिनियर, डेभलपर्स, परामर्शदाता, निर्माण क्षेत्रका सरोकारवाला संस्थाका प्रतिनितधि समेत कार्यक्रममा सहभागी भएका थिए ।

यसभन्दा अगाडि नेपाल विम फोरम तथा सहरी विकास तथा भवन निर्माण विभाग र ट्रिम्वल कनेक्टद्वारा पाँच वर्ष अगाडि पहिलो पटक डिजिटलाइजेशन इन नेपालको नारासहित पहिलो सम्मेलन सपलतापूर्वक सम्पन्न भएको थियो । यस पटक गरिएको यो सम्मेलन दोस्रो प्रयास रहेको छ ।

यस कार्यक्रममा उल्लासपूर्वक सहभागीले थप डिजिटलाइजेशन तथा विम सम्बन्धी कार्य गर्न नेपाल विम फोरमलाई अगाडि बढ्न थप प्रेरणा मिलेको नेपाल विम फोरम नेपालका पूर्व अध्यक्ष महेश कार्की बताउँछन् । 

कार्यक्रमले नेपालको निर्माण क्षेत्रमा विशेषतः जलविद्धुतलगायत निर्माण क्षेत्रमा हुने लागत बढ्ने, निर्माण कार्यको ढिलाइ, डिजाइन त्रुटि तथा जोखिम व्यवस्थापन समेतलाई यस विम प्रविधिले सहयोग गर्ने यस गोष्ठीको निचोड रहेको छ ।

समापन मन्तव्यका क्रममा आयोजक एवं सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै नेपाल विम फोरमका सदस्य एवं स्केफ नेपालका महासचिव ई कमल कार्कीले ठूला परियोजनाहरूमा विल्डिङ इन्फरमेसन मोडलिङको अपरिहार्यता बारेमा विस्तृत रुपमा बताए । 

विकसित मुलुकहरूले करिव चालिस वर्ष अघि देखि प्रयोगमा ल्याएको विम नेपालमा पनि व्यापकरूपमा प्रयोगमा ल्याउनु पर्ने र विम विज्ञको रुपमा नेपाली प्राविधिकहरु विदेशमा समेत काम गर्न सक्ने किसिमको विज्ञता हासिल गर्नु पर्ने बताए । 

सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्मस् (स्केफ) नेपाल, नेपाली प्राविधिकहरुको लागि स्वदेशमै विम तालिमको आयोजना गर्ने पहिलो पेशागत संस्था रहेको र आगामी दिनमा पनि यसको निरन्तरता रहने महासचिव कार्कीले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ