arrow

 रकम हिनामिना एवं ठगी भएपछि प्राइम सहकारी समस्याग्रस्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १ मंगलबार
prime-sahakari-pokhara.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. ४ स्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पनि समस्यामा परेको छ ।

सहकारीका सञ्चालक तथा पदाधिकारीले निक्षेपकर्ताका बचत रकम फिर्ता नगरी रकम हिनामिना एवं ठगी गरेको पाइएको छ ।

सहकारीको कति रकम हिनामिना भयो भन्ने विषयमा केही खुलेको छैन । यद्यपि कास्की प्रहरीले प्रतिवेदन अनुसन्धानको क्रममा रहेको र केही दिनमा सबै विषय सार्वजनिक गरिने जनाएको छ ।

कास्की प्रहरीका सूचना अधिकारी वसन्तकुमार शर्माले प्रतिवेदन अध्ययनकै क्रममा रहेको र सबै अध्ययन गरिसकेपछि सार्वजनिक गरेर सञ्चालकबिरुद्ध मुद्दा अद्दि बढाइने जानकारी दिए ।

सञ्चालकबिरुद्ध मुद्दा अघि बढाउन कास्की प्रहरीले सहकारीका बचतकर्ता र सेयरधनीलाई सञ्चालकबिरुद्ध उजुरी दिन आग्रह गरेको छ ।

कास्की प्रहरीले सूचना प्रकाशित गरी सहकारी ऐन, २०७५ बमोजिम अनुसन्धान गरी दिनु हुन सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखराको पत्र साथ कागजात प्राप्त भई दर्तासमेत भई अनुसन्धानको क्रममा रहेको जनाएको छ ।

सहकारीमा बचतकर्ता रही सहकारीबाट बचत तथा सेयर रकम फिर्ता नपाएका पीडित व्यक्तिले सहकारीमा रकम जम्मा गरेको आधार देखिने सेयरधनी प्रमाणपत्र, पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दति प्रमाणपत्र लगायतको प्रमाण र पीडित बचतकर्ताको नागरिकतासमेतको परिचय खुल्ने कागजसहित कानून बमोजिम सहकारी ठगी शीर्षकमा जाहेरी दरखास्त लिई कास्की प्रहरीमा सम्पर्क गर्न आग्रह गरिएको छ । पीडितले जेठ २० गतेसम्ममा उजुरी दिन सकिने प्रहरीले जनाएको छ ।

सहकारीको प्रधान कार्यालय गैह्रपाटनमा रहेको छ । प्रधान कार्यालय र लेखनाथको सेवा केन्द्र कार्यालय आफ्नै भवनमा सञ्चालित छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ