arrow

अन्तर्राष्ट्रिय अदालतले रफाह आक्रमणसम्बन्धी विषयको सुनुवाइ गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २ बुधबार
icj-court.jpg

काठमाडौँ ।  दक्षिण अफ्रिकाको अनुरोधमा इजराइललाई रफाहमा आक्रमण रोक्नका लागि आपत्कालीन आदेश लागू गर्न बिहीबार र शुक्रबार सुनुवाइ गर्ने संयुक्त राष्ट्रसङ्घ अन्तर्राष्ट्रिय अदालतले जनाएको छ ।

हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतले बिहीबार दक्षिण अफ्रिकाका वकिलहरूको तर्फबाट बयान सुन्ने र अर्को दिन इजराइलको प्रतिक्रिया बयान सुन्ने एक विज्ञप्तिमा बताएको छ ।

यस महिनाको सुरुमा प्रिटोरियाले रफाहमा भएको आक्रमणलाई लिएर इजराइललाई ‘तत्काल आफ्नो सैन्य आक्रमण बन्द गर्न’ आदेश दिन आग्रह गर्दै अन्तराष्ट्रिय अदालतमा निवेदन दिएको थियो ।
 
यसले इजराइललाई गाजामा मानवीय सहायताको अवरोध हटाउन र यसको पहुँचलाई सहज बनाउन सबै प्रभावकारी उपायहरू अवलम्बन गर्ने आदेश दिन पनि अदालतलाई अनुरोध गरेको थियो ।

हालका दिनहरूमा लगभग चार लाख ५० हजार प्यालेस्टिनी र उत्तरी गाजाबाट करिब एक लाख सर्वसाधारण रफाहबाट विस्थापित भएको राष्ट्र सङ्घीय एजेन्सीले बताउनुका साथै उक्त क्षेत्रमा कुनै ठाउँ सुरक्षित नरहेको चेतावनी दिएका छन् । 

इजराइली आधिकारिक तथ्याङ्ककअनुसार इजरायलमा अक्टोबर ७ मा हमासको आक्रमण पछि सबैभन्दा रक्तपातपूर्ण गाजा युद्ध सुरु भएको हो । हमासको आक्रमणमा एक हजार एक सय ७० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ