arrow

आलु खन्न व्यस्त [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३ बिहिबार
potato-farming-81-2-3-(15).jpg

पनौती । आलु नेपालीको भान्छामा सबैभन्दा बढी प्रयोग हुने तरकारी हो । तर नेपालमा आलु उत्पादनको  दृष्टिकोणले आत्मनिर्भर भने हुन सकेको छैन । 

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा नेपालमा ५ अर्ब ३९ करोड मूल्य बराबरको आलु आयात भएको छ । 

पुससम्म करिब साढे ५ अर्बको काँचो र फ्रोजन गरी साढे २१ करोड केजी आलु आयात भएको देखिन्छ ।  नेपालमा भारत र बंगलादेशदेखि इण्डोनेसियासम्मबाट आलु आयात हुने गरेको छ ।  

तरकारीमध्ये सबैभन्दा बढी खपत हुने आलुमा नेपालको आयातको हिस्सा ८ दशमलव ९५ प्रतिशत छ । नेपालमा आन्तरिक उत्पादन ३४ लाख ८० हजार मेट्रिक टन रहँदा माग भने ३७ लाख ९४ हजार मेट्रिक टन आवश्यकता पर्छ । 

आलुको पकट क्षेत्र पनौती सुन्थानका किसानहरू अहिले खेतमा लगाएको आलु खन्न व्यस्त देखिएका छन् । तर सो आलुले मात्र नेपालको माग धान्न भने असम्भव जस्तै छ । 

potato-farming-81-2-3 (1).jpg
potato-farming-81-2-3 (2).jpg
potato-farming-81-2-3 (3).jpg
potato-farming-81-2-3 (4).jpg
potato-farming-81-2-3 (5).jpg
potato-farming-81-2-3 (6).jpg
potato-farming-81-2-3 (7).jpg
potato-farming-81-2-3 (8).jpg
potato-farming-81-2-3 (9).jpg
potato-farming-81-2-3 (10).jpg
potato-farming-81-2-3 (11).jpg
potato-farming-81-2-3 (12).jpg
potato-farming-81-2-3 (13).jpg
potato-farming-81-2-3 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ