arrow

संसद्‌मा घम्साघम्सीको अवस्था बारे यसो भन्छन् ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ४ शुक्रबार
kp-oli-02-04.jpg

काठमाडौँ । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा  घम्साघम्सीको अवस्था बन्यो । 

 बिहीबारको बैठकमा सहकारी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न सभामुख देवराज घिमिरेले समय दिएसँगै कांग्रेसले रोष्टममा जान रोकेको थियो । 

रोकेपछि   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वयं नै उठेर रोष्टममा जान इसारा गरेका थिए । 

अध्यक्ष ओलीको इसारापछि कांग्रेस नेताले ओलीको नजिकै आएर औँला ठड्याउँदै चर्को स्वरमा नारा लगाएको दृश्य देख्न सकिन्छ । 

अध्यक्ष ओलीले शुक्रवार सो बारेमा संसद भवन परिसरमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै कांग्रेसले उत्ताउलो पन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताए । उनले कांग्रेस सांसदहरूले अपशब्द प्रयोग गरेको पनि बताए ।

उनले भने, ‘भिडन्त भएन, कांग्रेसहरुले उत्ताउलो पन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको रो भित्र छिर्ने, म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने । यो खालको सभ्य व्यवहार भएन । म आफ्नो ठाउँमा बसेको थिएँ । सरकारबाट मैले हटाइदिएको भन्ने आरोप लगाएको होला ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ