arrow

नदाँज मलाई 

logo
कविता गौतम, 
प्रकाशित २०८१ जेठ ५ शनिबार
kabita-gautam-81-2-5.jpg

भयो ! 
मलाई त्यो फूलसँग नदाँज 
जो
क्षणिक फक्रने 
अनि ओइलाएर झर्ने 
मलाई त्यो जूनसँग पनि नदाँज
हो
मलाई कसैसँग नदाँज तिमी
किनकि 
मेरो अस्तित्व 
त्यति क्षणिक पनि छैन
अनि सुन
म चुडिँन
म निमोठिन 
जन्मिएको हैन 
अनि मलाई त्यो जूनसँग नदाँज
जो सूर्यको प्रकाश 
उधारो लिएर चम्कन्छ
मलाई चम्किन 
कसैको प्रकाश चाहिँदैन 
म आफैँमा पूर्ण छु
म प्रकाशले भरिपूर्ण छु 
यो भौतिक सुन्दरता 
भन्दा पनि माथि
मेरो पहिचान छ 
मेरो अस्तित्व छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ