arrow

संसद बैठक जबरजस्ती सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
parliament-81-2-8j.jpg

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक जबरजस्ती सञ्चालन गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुको विरोधलाई बेवास्ता गर्दै सभामुख घिमिरेले संसद बैठक सञ्चालन गरेका हुन् । 

सरकारले पेलेरै जाने मनस्थिति बनाएसँगै बैठक बसेको हो । आइतबारदेखि बैठक जबरजस्ती अगाडि बढाइएको छ । कांग्रेसहितका प्रतिपक्ष दलहरुले लाखौँ नेपाली जोडिएको सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरिरहेका बेलामा सभामुखले भने त्यसलाई बेवास्ता गर्दै संसद बैठक अगाडि बढाएका हुन् । 

२९ मिनेट बसेको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले विरोध शुरु गरेका थिए । बैठकमा सभामुखले कांग्रेसका सांसद बद्री पाण्डेलाई बोल्ने समय दिएका थिए । पाण्डेले गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेका र कांग्रेसका नेताहरुमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका थिए । 

पाण्डेले बोलेपछि सभामुखले बैठक अगाडि बढाएपछि कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए । नाराबाजीकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले पेश गरेको नीति तथा कार्यक्रमको सम्बोधनप्रति धन्यवादको प्रस्ताव टेबुल गरेका थिए ।

नाराबाजीका बीच सभामुखले धन्यवादको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरे र सो प्रस्ताव बहुमतले पारित गरेको घोषणा गरेका थिए ।  

संसदको अर्को बैठक जेठ ११ गते शुक्रबार बस्ने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ