arrow

सगरमाथा आरोहणका क्रममा एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
sagarmatha-trek.jpg
तस्बिर-फाइल

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा केन्याका ४० वर्षीय नागरिक जोसुआ चेरियटको किरुईको मृत्यु भएको छ । 

पर्यटन विभागका अनुसार बिना अक्सिजन सगरमाथा आरोहणको क्रममा ४० वर्षीय जोसुआको मृत्यु भएको हो । 

बुधबार राति सगरमाथा चुचुरो नजिकै (८,८३० मिटर) उनी मृतवस्थामा भेटिएको थियो । मे १८ तारिखका दिन नेपाली गाईड सोलुखुम्बुका ङवाङ शेर्पाका साथ विनाअक्सिजन जोसुआ सगरमाथाको आधार शिविरबाट दोस्रो शिविरतर्फ गएका थिए । 

उनी २० मे का दिन तेस्रो शिविर पुगेका थिए । २१ मेका दिन चौथो शिविर पुगेका उनीहरु २२ मे (बुधबार) बिहान सगरमाथा चुचुरोतर्फ लागेका थिए ।

आरोही र सहयोगी सगरमाथा नजिकै पुगे पनि आरोहण गरे/नगरेको यकिन नभएको समेत विभागले जनाएको छ ।

बुधबार दिउँसो ९ बजेसम्म पनि रेडियो सम्पर्कमा नआएपछि सेभेन समिटले चार जना अनुभव माउन्टेन पथप्रदर्शक परिचालन गरी क्याम्प २ माथि खोज तथा उद्धारका लागि परिचालन गरेको थियो । 

सो क्रममा राति साढे १० बजे केन्याका आरोहीको शव भेटिएको थियो ।

सहयोगी शेर्पाको अवस्था समेत अज्ञात रहेकाले अझै खोजी जारी रहेको विभागले विज्ञप्तिमा उल्लेख गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ