arrow

अवरोधबीच संसद्‌बाट सरकारको नीति तथा कार्यक्रम पारित हुँदै [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ११ शुक्रबार

काठमाडौँ । प्रतिनिधि सभाको बैठक शुरु भएको छ । संसद्‌मा कांग्रेससहित विपक्षी दलको अवरोधबीच संसद्‌बाट सरकारको नीति तथा कार्यक्रम पारित हुँदैछ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसको अवरोधबीच विश्वासको मत लिएका थिए ।  कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिनमा गृहमन्त्री रवि लामिछानेको नाम राख्नै पर्ने अडान गरेर संसद अवरोध गर्दै आएको छ भने रविको नाम राख्न नहुने गठबन्धनको जोड दिएको छ ।

आज सभाको बैठकमा  प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ जेठ १ गते मंगलवार संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आ.व. २०८१-०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, आ.व. २०८१-०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि माननीय सदस्यहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने, प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । 

सभामुख देवराज घिमिरेले प्राप्त संशोधनहरू र सम्माननीय राष्ट्रपतिले २०८१ जेठ १ गते मंगलवार संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आ.व. २०८१-०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्माणार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

सभामुख ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन् । सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची छ । 

त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०” पेश गर्ने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ