arrow

कार्यदलको बैठक

आज पनि कार्यदलको बैठकले निकालेन निष्कर्ष [भिडियो]

संसदीय छानबिन समितिका लागि बस्दै आएको कार्यदलको बैठक निष्कर्षविहीन बन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
sahakari-karyadal-03-11.jpg

काठमाडौँ । सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक आज पनि बिना निष्कर्ष सकिएको छ । शुक्रबार बिहान सिंहदरबारमा बसेको कार्यदलको बैठक बिना निष्कर्ष सकिएको हो । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गदै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला बैठक बिना निष्कर्ष सकिएको बताए । उनले कांग्रेसले गृहमन्त्री संलग्न रहेको भनिएको र ऋण लिएको भनिएको विषयमा तोकेर कार्यादेश बनाउने कुरा अघि बढेको बताए ।

उनले भने, ‘हामीले बैठक समापन गरेका छैनौँ, केही साइड छलफल भइरहेको छ । गृहमन्त्रीको पाटोबाट पनि केही छलफल भएको छ । बैठक सकारात्मक रूपमा अघि बढिरहेको छ । गाँठो फुकाउनुपर्छ भन्नेतिर बैठक उन्मुख छ । नेपाली कांग्रेसबाट निरन्तर उठाउँदै आएको गृहमन्त्री रवि लामिछानेको नाम नै राखेर अनुसन्धान गर्नुपर्छ भन्ने विषय संसद्बाट यस प्रकारबाट व्यक्तिका नाममा किटान गरेर सकिँदैन भन्ने भएको छ । नेपाली कांग्रेस यसमा थप लचकता अपनाएर आएको छ । गृहमन्त्रीको नाम नराख्ने हो भने उन संलग्न भएका सहकारीको बारेमा नाम किटान गरेर जाऔँ भन्ने कुरामा लचकताका साथ आएको छ । त्यसबारेमा गृहमन्त्रीसँग पनि छलफल गर्नुपर्ने हुन्छ । हाउस अघि बढ्छ ।’

यसअघि पनि संसदीय छानबिन समितिका लागि बस्दै आएको कार्यदलको बैठक निष्कर्षविहीन बन्दै आएको छ । आज पनि कार्यदलको बैठकले निष्कर्ष ननिकालेपछि संसद बैठकमा कांग्रेसले अवरोध गरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ