arrow

प्रतिनिधि सभामा कांग्रेसको अवरोध [भिडियो]

आइतबारसम्मका लागि बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
congress-parliament-03-11.jpg

काठमाडौँ ।   नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक आगामी आइतबारसम्मका लागि स्थगित भएको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको हो । 

बैठकमा सभामुख देवराज घिमिरेले पटक पटक नेपाली कांग्रेसलाई आसन ग्रहण गरेर सभा सञ्चालनका लागि सहज वातावरण बनाइदिन आग्रह गरे पनि कांग्रेसले उठेर अवरोध जनाएपछि बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको सभामुख घिमिरेले घोषणा गरे । 

उनले विधिसम्मत रूपमा बोल्ने व्यवस्था सदनमा हुने गरेको र बोल्ने वातावरण सत्ता पक्ष र प्रतिपक्ष सबैले बनाउनुपर्ने बताए । 

नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति माग गर्दै आएको छ । 

छानबिन समिति नबनेसम्म संसद चल्न नसक्ने कांग्रेसले बताएको छ । प्रतिनिधि सभाको अर्को बैठक जेठ १५ आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ