arrow

सहकारी पीडितहरू फेरि आन्दोलितः अनिश्चितकालीन धर्ना र रिले अनसन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
sahakari-andolan-81-2-11-(1.jpg

काठमाडौँ । सहकारी पीडित बचतकर्ताहरूले आजदेखि फेरि आन्दोलन शुरु गरेका छन् । देशभरिका संकटग्रस्त सहकारी पीडित बचतकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आन्दोलन घोषणा थालेको हो । 

महासंघका अध्यक्ष कुशलव केसीले शुक्रबार ११ गते बिहान ११ बजे माइतीघर मण्डलाबाट प्रदर्शन शुरु गरिएको जनाए । सरकारसँग विगतमा भएका कुनै पनि सम्झौता कार्यान्वयन नभएकाले सहकारी पीडितहरू तेस्रो चरणको आन्दोलनमा उत्रिनु परेको उनको भनाइ छ । 

अध्यक्ष केसी यसअघि पनि झण्डै तीन हप्ता आमरण अनसनमा बसेपछि स्वास्थ्य अवस्था नाजुक भइरहेका बेला सरकारले सम्झौता गरेको थियो । 

सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभरि सशक्त रुपमा अगाडि बढ्ने उनले बताए । 

नेपालगञ्ज, चितवन र धरानमा पनि आन्दोलन एकैपटक शुरु हुने अध्यक्ष केसीले जानकारी दिए ।

आफूहरूले तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी र वर्तमान मन्त्री बलराम अधिकारीसँग विभिन्न सम्झौता गरे पनि अहिलेसम्म ती सम्झौता पालना नभएकोले तेस्रो चरणको आन्दोलन गर्नु परेको उनले बताए । 

आफ्नो रकम पाउनु पर्ने बाहेक अरु केही माग आफूहरुको नरहेको र संगठनमा आबद्धता तथा जनसमर्थन बढ्दै गइरहेको पनि उनले जानकारी दिए । 

देशभरका दर्जनौँ सहकारीका हजारौँ पीडितहरु आफ्नो संगठनमा आबद्ध रहेको र माग पूरा नहुँदासम्म आन्दोलन झन चर्किदै जाने अध्यक्ष केसीले दाबी गरे । 

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएसम्म माइतीघर मण्डलाबाट शान्तिपूर्ण अनिश्चितकालीन धर्ना तथा रिले अनशन प्रदशृन सुरु गरेका हुन् ।

sahakari-andolan-81-2-11 (1).jpg
sahakari-andolan-81-2-11 (2).jpg
sahakari-andolan-81-2-11 (3).jpg
sahakari-andolan-81-2-11 (4).jpg
sahakari-andolan-81-2-11 (5).jpg
sahakari-andolan-81-2-11 (6).jpg
sahakari-andolan-81-2-11 (7).jpg
sahakari-andolan-81-2-11 (8).jpg
sahakari-andolan-81-2-11 (9).jpg
sahakari-andolan-81-2-11 (10).jpg
sahakari-andolan-81-2-11 (11).jpg
sahakari-andolan-81-2-11 (12).jpg
sahakari-andolan-81-2-11 (13).jpg
sahakari-andolan-81-2-11 (14).jpg
sahakari-andolan-81-2-11 (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ