arrow

कीर्तिमानी कामीरिता काठमाडौँमा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
kamirita-sherpa-81-2-11-(11.jpg

काठमाडौँ । ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका कामीरिता शेर्पाले काठमाडौँ आइपुगेका छन् । बुधबार बिहान सगरमाथाको आरोहण गरेका उनी शुक्रबार दिउँसो काठमाडौँ आइपुगेका हुन् । 

वसन्त ऋतुको जारी आरोहणमा उनले यसअघि धेरैपटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोडेका छन्।

सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुन् । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । 

सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधि आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुन् । अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।

गत वैशाख २८ गतेदेखि यो वर्षको आरोहण सुरु भएको हो । आरोहणका लागि ४१ आरोही समूहका ७५ महिला र तीनसय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन् । अनुमति लिएकामध्ये ७५ प्रतिशतले सफल आरोहण गरेका जनाइएको छ ।

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि उनलाई बधाई दिँद स्वागत गरिएको थियो । 

kamirita-sherpa-81-2-11 (1).jpg
kamirita-sherpa-81-2-11 (2).JPG
kamirita-sherpa-81-2-11 (3).JPG
kamirita-sherpa-81-2-11 (4).JPG
kamirita-sherpa-81-2-11 (5).jpg
kamirita-sherpa-81-2-11 (6).JPG
kamirita-sherpa-81-2-11 (7).JPG
kamirita-sherpa-81-2-11 (8).JPG
kamirita-sherpa-81-2-11 (9).JPG
kamirita-sherpa-81-2-11 (10).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ