arrow

मान्छेको रङ्ग 

logo
कविता गौतम, 
प्रकाशित २०८१ जेठ १२ शनिबार
kabita-gautam-81-2-12.jpg

प्रिय मान्छे 
अप्रिय बन्न 
कत्ति बेर नलाग्ने रैछ 
बेर त 
प्रिय बनिराख्न लाग्ने रैछ ।
घात गरे झैँ
सहज नहुने रहेछ 
विश्वास जोगाइ राख्न 
आफ्नालाई 
पराइ बनाए जस्तो 
सहज रहेनछ ।
आफ्ना मानेकालाई 
आफ्नो मानी राख्न 
यात्रा गर्दै जाँदा 
घुम्ती मोडिँदै जाँदा
मान्छेको रङ्ग 
बदलिँदो रहेछ
रङ्ग पखालिँदो रहेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ