arrow

प्रतिनिधि सभामा सांसद

ज्ञानेन्द्र शाहीको रविलाई आग्रह- नाक देखाउने ठाउँ रहेन गृहमन्त्रीज्यू छानबिन समिति बनाउन दिनुस् [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १३ आइतबार
gyanendra-shahi-80-12-28.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन बाटो खुल्ला गर्न गृहमन्त्रीलाई आग्रह गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले गृहमन्त्री रवि लामिछानेलाई संसदीय छानबिन समिति बनाउन बाटो खुला गर्न आग्रह गरेका हुन् । 

उनले छानबिन समिति बनाउने सन्दर्भमा गृहमन्त्रीले नेतृत्व गर्नुपर्ने बताए । उनले छानबिन समिति बनाउँदैमा दोषी र निर्दोष नहुने भन्दै निर्दोष भएमा पुनः गृहमन्त्रीको रूपमा आउन सकिने पनि बताए । उनले नयाँ दलहरू पुरानो दलको विकल्पको रूपमा आएका भन्दै सहकारी प्रकरणले नयाँ शक्तिहरूले पनि नाक देखाउने ठाउँ नरहेको बताए ।

उनले भने – ‘प्रतिपक्षमा एउटा बोली आज सरकारमा अर्को बोली गर्ने हो भने म गृहमन्त्रीलाई भन्न चाहन्छु तपाई हामीलाई हेर्नुस्, जनताले हामीलाई भोट यिनै पुराना दलले काम गरेनन् भनेर यिनीहरूको विकल्पमा हालेको भोट हो । गृहमन्त्रीज्यू छानबिन समिति बनाउन दिनुस् । खुला गरिदिनुस् । दोषी भए कारबाही होला । निर्दोष भए तपाई फेरी यही संसद्मा गृहमन्त्रीको रूपमा अगाडी आउनुहोला । तपाईँलाई कसले रोक्न सक्छ ? छानबिन समिति बनाउँदैमा दोषी र निर्दोष भन्ने कुरा हुँदैन । तर आज हामी नयाँ शक्तिहरूले पनि नाक देखाउने ठाउँ रहेन । के फरक भयो ? हामी एकछिन इतिहास सम्झौँ त । के थियो हाम्रो पार्टी सङ्गठन ? कुन ठाउँमा हामी थियौँ ? जनताले यी पुराना दलहरूले गर्न सकेनन् । विकल्पको रूपमा उहाँहरु जानुपर्छ भनेका हुन् । तर अहिले संसद बाधक बनेको छ । छानबिन समिति आवश्यक छ । गृहमन्त्रीज्यूलाई भन्छु, अस्ति यहाँनिर बस्दा खेरी गरेको बोली आज त्यहाँनिर बस्दाखेरीको बोली फरक हुनु भएन । छानबिन समिति बनाउनुपर्‍यो । गृहमन्त्रीले यसको नेतृत्व गर्नुपर्‍यो । छानबिन समिति बनाउनुपर्छ । जनतालाई न्याय दिनुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ