arrow
ADVERTISEMENT

अवरोधकाबीच रोष्टम पुगे अर्थमन्त्री, आर्थिक सर्वेक्षण पेश [भिडियो]

चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १३ आइतबार
barsaman-pun-parliament-rukawat.jpg

काठमाडौँ । नेपाली कांग्रेसको अवरोधकाबीच अर्थमन्त्री वर्षमान पुनले २०८०-०८१ को आर्थिक सर्वेक्षण पेश गरेका छन् । रोष्टममा जान क्रममा अर्थमन्त्रीलाई कांग्रेसले केही समय अवरोध गरेको थियो । 

रोष्टम पुगेर पुनले चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुने बताएका छन् । चालू आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुने बताए । 

अर्थमन्त्री पुनले उत्पादनमूलक उद्योगको गतिविधि सङ्कुचित भए पनि कृषि लगायत क्षेत्रमा भएको बढ्दो गतिविधिले आर्थिक वृद्धिदर ३.९ प्रतिशतले हुने अनुमान रहेको उल्लेख गरे । उनले चालु आर्थिक वर्षमा कुल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्ने अनुमान रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ