arrow

मुलुकको सूचना बेच्नेलाई तत्काल समाउनुपर्‍यो [भिडियो]

फाइल भ्याटभ्याट खोली हाल्यौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १३ आइतबार
gyanendra-sahi-03-13.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गृहमन्त्री रवि लामिछानेले मुलुकको सूचना बाहिर बेच्नेलाई तत्काल पक्राउ गर्नुपर्ने बताएका छन् । 

आइतबार संसद बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै उनले गृहमन्त्रीले संसद्मा उभिएर मुलुकको सूचना बेच्ने व्यक्तिको बारेमा जानकारी रहको अभिव्यक्ति दिएको भन्दै उक्त व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न आग्रह गरे । 

उनले भने,‘गृहमन्त्री रवि लामिछानेले मुलुकको सूचना बाहिर बेच्ने मान्छेलाई तत्काल समाउनुपर्‍यो । त्यस्तो मान्छे समाउन ढिला भयो । गृहमन्त्रीले काम गर्न संसद कुर्नुपर्छ भन्ने हुँदैन । गृहमन्त्रीज्यूलाई अनुरोध के छ भने संसद्मा सूचना बेच्ने मानिस थाहा छ भन्नुभएको छ । उनलाई पक्राउ गरिहाल्नुपर्‍यो । बोल्नुभएन बोलेपछि पक्राउ गर्नुपर्‍यो । ४ वटा फाइल खोल्ने भन्नुभएको थियो । फाइल भ्याटभ्याट खोली हाल्यौँ । छानबिन समिति बनायौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ