arrow

यत्ति रिस्क चाहिँ लिएकै होः अर्थमन्त्री पुन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १६ बुधबार
barshaman-81-2-16g.jpg

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटमार्फत् बढाएको करबारे अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएका छन् । बुधबार दिउँसो पत्रकार सम्मेलनमार्फत् अर्थमन्त्री पुनले यस्तो जवाफ दिएका हुन् । 

उनले खासगरी स्पञ्ज आइरनमा बढाइएको करबारे जवाफ दिए । सरकारले हाल १ प्रतिशत रहेको स्पञ्ज आइरनको भन्सार दरलाई बढाएर २ प्रतिशत पुर्याएको थियो । 

यो भन्सार दर बढाउँदा विवाद आउनसक्ने आफूले पहिलै सोचेको अर्थमन्त्री पुनले बताए । यद्यपि यसअघि कच्चा पदार्थमा आएको विचलनलाई यो सरकारले सच्याउनैपर्छ भन्ने जस्तो लागेर जोखिम लिएको उनको भनाइ थियो । 

अहिले आइरन बिलेट आयातमा ५ प्रतिशत भन्सार महशुल लाग्दै आएको छ । नेपालमा धौवादी फलाम खानी समेत सञ्चालन भइरहेको अवस्थामा स्पञ्ज आइरनको भन्सार लगाउँदा स्वदेशी उत्पादनले संरक्षण पाउने अवस्था समेत भएको अर्थ मन्त्रालयको दाबी छ ।

‘अघिल्ला वर्षहरुमा भएका विचलनलाई हामीले सुधार्नै थियो, यसपटक सुधार्ने प्रयास गरेका हौं,’ अर्थमन्त्री पुनले भने, ‘यो दर चलाउँदा विवाद आउन सक्छ भन्ने हामीले सोचेकै हौं, तर यतिसम्म दर हेरफेर गर्दा बजारको विरोधलाई थेग्न सकिन्छ भन्ने सोचेरै कर बढाएका हौँ ।’

उनले नकारात्मक प्रभाव पार्ने मदिरा, चुरोट र सुर्तीमा कर बढाइएको भन्दै यसमा कसैको विरोध नभएको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ