arrow

विपक्षी छलफलमा नेकपा एस, गठबन्धनमा तरङ्ग, माधव समीकरण बाहिर नजाने प्रचण्डको विश्वास 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १७ बिहिबार
prachanda-madhav-nepal-new.jpg
तस्बिर – फाइल ।

विराटनगर । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल वर्तमान समीकरण भन्दा बाहिर नजाने दाबी गरेका छन् । 

बिहीबार बिहान विराटनगर पुगेका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँग कुराकानी गर्दै आफूसँग भएको कुराकानीअनुसार नेपाल समीकरण भन्दा बाहिर नजाने बताएको स्पष्ट गरेका हुन् । 

उनले भने, ‘माधवजी अलि पहिलेदेखि नै उता पनि यतापनि दुवै तिर जोडिनेजस्तो देखिएको त थियो । तर अहिले बिहान मेरो कुरा हुँदाखेरी माधवजीले यो समीकरण भन्दा बाहिर छैन र हुन्न भन्नेकुरामा क्लियर गर्नुभएको छ ।’

प्रधानमन्त्री प्रचण्डले मधेस प्रदेशमा पनि समीकरण भाँड्न बाहिर कोही नजाने दाबी गरेका छन् ।

बुधबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो निवास बुढानीलकण्ठमा बोलाएको विपक्षी दलको बैठकमा नेकपा एस सहभागी भएपछि सत्ता समीकरण तरंगित बनेको छ । 

देउवाले मधेस प्रदेशमा एकीकृत समाजवादीलाई साथमा लिएर जसपा नेपाल र लोसपासहितको सरकार बनाउने प्रयास थालेका छन् । यसले गर्दा सत्तागठबन्धनमा तरङ्ग आएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ