arrow

स्वीट्जरल्यान्ड र जर्मनी जाँदै राष्ट्रपति पौडेल 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १७ बिहिबार
ramchandra-poudel-president-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड भ्रमणमा जाने भएका छन् । जेठ ३१ गते जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन उनी त्यसतर्फ जाने भएका हुन्। 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिको भ्रमणलाई स्वीकृति दिएको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् । 

उनका अनुसार राष्ट्रपति पौडेल उतैबाट जर्मनी पुग्नेछन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ