arrow

हावाहुरीले घरका छाना उडायो, दर्जनौँ विद्युतका पोल ढले

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १८ शुक्रबार
rautahat-wind-strorm.jpg

रौतहट । रौतहटमा बिहीबार साँझ आएको हावाहुरीले कयौँ घरको छाना उडाएर लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ। चन्द्रपुर केन्द्रित हावाहुरीले कयौँ ठाउँका दर्जनौँ विद्युतका पोल ढलेर विभिन्न ठाउँको विद्युत अवरुद्ध भएको छ ।

हावाहुरीले चन्द्रपुर नगरपालिका ६ स्थित सत्यनारायण भगतको घरको इलबेष्टरको छाना उडाउँदा ८ लाख बराबरको क्षति भएको छ। त्यसैगरी वडा ५ का महिचन साह, रूपनारायण साह, प्रभुराज सिलवाल, रामाबिनय यादव, वडा ६ का भिमाबिर पहरी, ४ की सुन्तली पहरी, धर्मेन्द्र माझी, रामवीर माझी लगायतको घरको छाना उडाएर २० लाख ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन् ।

चन्द्रपुरमा ५० भन्दा बढी विद्युत पोल ढलेको छ । हावाहुरीले  दर्जनौँ बिजुलीका पोल भाँचिनुका साथै एउटा २०० केभीको ट्रान्सफर्मरमा क्षति पुगेको छ। विद्युत पोल ट्रान्सफर्मर र अन्य उपकरणसमेत गरी ३० लाख भन्दा बढीको क्षति भएको नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख धीरेन्द्र यादवले बताएका छन् । 

हावाहुरीले गरेको क्षतिबारे अनुगमन तथा भाँचेको पोल गाड्ने काम भइरहेका कारण चन्द्रपुरका अधिकांश स्थानमा विद्युत अवरुद्ध भएको प्रमुख यादवले जानकारी दिएका छन् ।

त्यसैगरी हावाहुरीले कटहरियास्थित एउटा ११ केभीको पोल ढलेको छ। हावाहुरीले फलफूल तथा अन्नबालीमा समेत क्षति पुर्याउँदा  किसानहरु मर्कामा परेका छन् । 

बिहीवार साँझको हावाहुरीले जिल्लाको अन्य स्थानमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ