arrow

रुसी सेनामा ज्यान गुमाउने नेपाली ४० पुगे, शुक्रको काजकिरिया [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १८ शुक्रबार
sukra's-rites-(10).jpg

काठमाडौँ । रुसी सेनामा हुँदा मृत्यु भएका काठमाडौँ टोखाका ४८ वर्षीय शुक्रबहादुर तामाङको परिवारले बौद्ध धर्म संस्कारअनुसार काठमाडौँको स्वयम्भू गुम्बामा काजकिरिया पूरा गरेको छ । 

मृतक शुक्रको शव भने नेपाल आइपुगेको छैन । २०८० असोज २२ गते रुसी सेनामा भर्ना भएका तामाङको मृत्युको खबर माघ १० गते आएको थियो । 

पछिल्लो समय यही मुद्दालाई लिएर पीडित परिवारहरू आन्दोलनरत छन् । कतिपय मृतकका परिवारले अझै काजकिरिया गरेका छैनन् । 

हालसम्म रुस–युक्रेन युद्धमा पुगेर मृत्यु हुने नेपालीको संख्या ४० पुगेको छ । सरकार गम्भीर नहुँदा यो हालत खेप्नु परेको भन्दै पीडित परिवारले न्यायका लागि सरकारसँग अनुनयविनय गरिरहेको छ । 

तर दुर्भाग्य सरकारले यसमा कुनै पहल नै गर्न सकेको छैन । सरकारले इजरायल–हमास युद्दमा बेपत्ता पारिएका नेपालीकोसमेत खोजीमा परिणाममुखी अग्रसरता देखाउन सकेको छैन । 
 

sukra's-rites (1).jpg
sukra's-rites (2).jpg
sukra's-rites (3).jpg
sukra's-rites (4).jpg
sukra's-rites (5).jpg
sukra's-rites (6).jpg
sukra's-rites (7).jpg
sukra's-rites (8).jpg
sukra's-rites (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ