arrow

बाबा–आमा

logo
शिरिष विलास, 
प्रकाशित २०८१ जेठ १९ शनिबार
shirish-vilas-2081.jpg

बाबा आमाको मायाले गाँसिन्छ अनमोल माला
हुन्छौँ हामी उनीहरूकै सधैँ काखका बाला

हावा हुरी जे आए पनि उच्च हिमाल झैँ अटल
मायाले पूर्ण हुन्छन् स्वार्थहीन स्वच्छ र निश्चल

कहिल्यै नबिर्सनु पल पलको बलिदान
मनमा साँचेर राख्नु त्यो त्याग र योगदान

पूर्वजुनीमा अवश्य गर्यौं होला केही ठूलो काम
यो जुनीमा अनि पायौँ बाबा आमाको वरदान

तिमी पनि हुने छौ एक दिन तिम्रा बालाका भगवान्
त्यो बेला बुज्ने छौ बाबा आमाले दिएका ब्रह्मज्ञान

फर्केर हेर एक चोटी टेकेका पाइलाहरू
समेटी हेर सबै माया र सपनाका पानाहरू

पाउने छौ बाबा आमाले लेखेका गीतहरू
गुनगुनाउने छौ त्यो शब्दका माया र प्रितहरू ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ