arrow

हुरीका कारण १२ करोडको केराखेतीमा क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २० आइतबार
banana-hawahuri.jpg
तस्बिर-फाइल

चितवन । हुरीका कारण यहाँको केराखेतीमा ठूलो क्षति पुगेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेले केही दिनअघिको हुरीका कारण दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो ।
 
उनले भने, “पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकालगायतका लगाइएको ४० लाख ८७ हजार पाँच सय केराका बोटमा क्षति पुगेको छ ।”

उनका अनुसार पसाएर फल लाग्ने समयका केरामा क्षति पुगेको हो । सङ्घका महासचिव जनक पन्तका अनुसार हुरीका कारण रु १२ करोड बराबरको केरा नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । 

सत्तरी जना व्यावसायिक किसानले लगाएको केरामा पूर्णरुपमा क्षति भएको छ भने अन्यको आंशिक क्षति भएको उनले बताए ।

नब्बे प्रतिशत किसानले केराको बीमा गरेको र १० प्रतिशत किसानले बीमा नगरेको उनले जानकारी दिए ।

जिल्लामा हाल तीन हजार पाँच सय बिघा क्षेत्रफलमा केरा खेती गरिँदै आइएको छ ।

उनका अनुसार यहाँ सात सय किसानले केराखेती गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ