arrow

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २४ बिहिबार
parliament-house-new-2080-12-16.jpg

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेबाट शुरु हुनेछ । 

आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए) को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए) को स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

अर्थमन्त्री वर्षमान पुनले “बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछिन् । “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ