- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
ललितपुर । ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ भन्ने मूल नाराका साथ नगरवासीको गुनासो, सुझाव र समस्या तत्काल सुनुवाइ गरी सो अनुसारको सेवा प्रवाह गर्नको लागि परिचालन कार्यक्रम शुभारम्भ भएको छ ।
ललितपुर महानगरले आज एक कार्यक्रम गर्दै घर घरमा नगर प्रहरी कार्यक्रम शुरु गरेको जानकारी गराएको छ । घर घरमा नगर प्रहरी कार्यक्रमको समुदघाटन गर्दै ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले नगर प्रहरीको उदाहरणीय कदमले नगरबासीको महानगरप्रति नाता अझ नजिक हुने बताए ।
दैनिक पचास जना नगर प्रहरी हरेक वडामा खटिने ललितपुर महानगर प्रहरी बलका प्रमुख सीताराम हाछेथूले जानकारी गराए । तस्बिर– नेपाल फोटो लाइब्रेरी