arrow

अपाङ्गताहरुको माग तत्काल सम्बोधन गर्न सांसद थापाको माग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २४ बिहिबार
kusumdevi-thapa.jpg

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापाले अपाङ्गता भएका व्यक्तिहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेकी छिन् ।

 प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै सांसद थापाले संविधानलेसमेत पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएकाहरुको सहयोगी सेवा उपलब्ध गराउने व्यवस्था भए बमोजिक तत्काल उक्त व्यवस्था गर्न माग गरेकी हुन् । 

उनले पूर्ण अपाङ्गता भएकाहरुसँग गत चैत १४ गते गरेको सहमति पूर्ण कार्यान्वयनका लागि पनि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएकी छिन् । 

सो क्रममा उनले ३८ दिनदेखि अनसनरत दीपक भण्डारी, प्रेम बुढाथोकी र रामबहादुर तामाङ जीवनमरणको दोषाँधमा रहेको भन्दै तत्काल माग सम्बोधन गरी बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न पनि माग गरेकी छिन् । 

यसो भनिन् सांसद थापाले–
‘नेपालको संविधान २०७२ अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ को धारा ९ र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ को परिच्छेद ३ (९) मा व्यवस्था गरेको पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सेवा उपलब्ध गराउने स्पष्ट व्यवस्था छ । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघको संघीय महासन्धिको नेपाल पनि पक्ष राष्ट्र भएको नाताले महासन्धीको धारा १९ मा व्यवस्था भए बमोजिमको अधिकारका लागि र चैत १४ मा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा भएको सम्झौता लागू गर्न विगत ३८ दिनदेखि अनसनमा बसेका दीपक भण्डारी, प्रेम बुढाथोकी र रामबहादुर तामाङ जीवनमरणको दोषाँधको अवस्थामा छन् । उनीहरुको मागलाई तत्काल सम्बोधन गरी पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरुको स्वाभीमानपूर्वक आफ्नै समाजमा सम्मानपूर्वक जीवनयापन गर्ने अधिकार सुनिश्चित गरियोस् भनी सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ