arrow

सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित [भिडियो]

अर्को बैठक जेठ २७ गते आइतबार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २४ बिहिबार
devraj-ghimire-speaker-2080-02-08.jpg

काठमाडौँ । प्रतिनिधि सभा बैठकले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रस्तुत गरेको सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । 

विधेयकको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री शर्माले नेपाल भित्रै सुरक्षण मुद्रणको काम गर्न भने समय लाग्ने बताइन् । उनले खरिद नियमावलीको व्यवस्था र सरकारी प्रावधानहरू सबै पालना गर्नुपर्ने भएकाले यही मितिदेखि काम शुरु हुन्न भनेर तोक्न नसकिने बताइन् ।

प्रतिनिधि सभाको अर्को बैठक जेठ २७ गते आइतबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ