arrow

मौसम 

logo
शिरिष विलास, 
प्रकाशित २०८१ जेठ २६ शनिबार
shirish-vilas-81-2-26.jpg

यो वर्षा बसन्त, सजीव वरन
हरियो फाँटमा आकाशसको किरण 
हिमालको छायाँ, कोइलीको गीत
मौसमी आनन्द, सुरिलो संगीत ।

बसन्तको झरी, माटोको सुवास
हुन्छ मनभरी, हर्षको बास 
धानको रोपाइ, हिलोमा खेल
मेटाउँदै थकाइ, गर्छन् सबै मेल ।

गाउँसहर रमरमाउँदो, उत्सवको बेला
वनबाटिका लहलहाउँदो, प्रकृतिको खेला 
सृष्टिका रंगहरू, इन्द्रेणीको मेला 
सुनिन्छ अनुवादहरू, हुन्छन् जब भेला ।

सारङ्गीको धुनमा मनमुग्ध आँखाहरू
शीतल मनसुनमा सुरिला भाकाहरू  
जीवनका यी रंगिला अनमोल कणहरू
साँची राख्ने छु पल पलका क्षणहरू ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ