arrow

मूल्याङ्कन

logo
कविता गौतम,
प्रकाशित २०८१ जेठ २६ शनिबार
kabita-gautam-81-2-26.jpg

तिमीलाई मेरो नाम थाहा छ
तर म को हो थाहा छैन 
मेरो वर्तमान थाहा छ
तर मेरो विगत थाहा छैन 
मेरो खुशी देख्छौ तिमी
तर मेरो दुःख देख्न सक्दैनौ
मेरो ओठको हाँसो देख्छौ तिमी
तर म रोएको देख्दैनौ
मेरो चोट देख्छौ होला तिमी
 तर मेरो दुःखाइ देख्न सक्दैनौ तिमी
मैले बोलेको कुरा बुझ्छौ होला 
तर मेरो दिमाग पढ्न सक्दैनौ तिमी
तिमी भन्दा तिम्रो सोच भन्दा 
निकै नि फरक छु म...
      अनि
अनुमानको भरमा 
तिमी मलाई 
कसरी मूल्याङ्कन गर्न सक्छौ ?
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ