arrow

बन्दना राणा राष्ट्रसङ्घीय समिति सीडको सदस्यमा निर्वाचित 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २६ शनिबार
bandana-rana-81-2-26.jpg

न्यूयोर्क । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति महिला विरुद्धको विभेद उन्मूलन कमिटी (सीड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छिन् । उनी उक्त पदमा पुनः निर्वाचित भएकी हुन् । 

शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा एक सय ४६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्ने छिन् । 

नेपालको तर्फबाट विजयी भएपछि राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले सदस्य राष्ट्रहरुले गरेको सहयोगका लागि धन्यवाद दिए । तेइस सदस्य रहने उक्त समितिले विश्वव्यापी रुपमा महिलाले भोग्नुपरेका समस्या, राष्ट्रसङ्घमा जनाइएका प्रतिबद्धता कार्यान्वयनलगायत महिलाविरुद्ध हुने हरेक प्रकारका विभेदको बारेमा अनुगमन गर्ने गर्छ । 

उक्त समितिको कार्यालय जेनेभामा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ