arrow

स्पेनको युरोकप खेल्ने टिमको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २६ शनिबार
euro-2024-spain.jpg

काठमाडौँ । स्पेनले युरोकप खेल्ने अन्तिम टिमको घोषणा गरेको छ । प्रशिक्षक लुइस डी ला फुएन्टेले युवा र अनुभवी खेलाडीलाई समेट्दै युरोकप खेल्ने २६ खेलाडीको घोषणा गरेका हुन् ।

स्पेनले युरोकपमा युवा प्लेमेकर गाभीलाई गुमाएको छ । इन्जुरिका कारण खेल्न नसक्ने भएपछि गाभी यो युरोकपमा देखिने छैनन् । त्यस्तै एलेक्स गार्सिया, अलेजानद्रो बाल्ड़े, पाउ टोरेज र पेड्रो पोर्रो जस्ता खेलाडी टिममा परेका छैनन् ।

स्पेनको युरो कप खेल्ने टिम–

गोलकिपरस् एलेक्स रेमिरो, डेभिड राया र उनाई साइमन ।
डिफेन्डरस् अमेरिक लापोर्टे, रोबिन ले नोर्मान्ड, अलेजान्द्रो ग्रिमाल्डो, ड्यानी कारभाजल, डानी भिभियन, जेसस नाभास, नाचो र मार्क कुकारेल्ला ।
मिडफिल्डरस् मिकेल मेरिनो, फाबियन रुइज, एलेक्स बेना, मार्टिन जुबिमेन्डी, रोड्रिगो, पेड्रि र फर्मिन लोपेज ।
फरवार्डस् अल्भारो मोराटा, ड्यानी ओल्मो, जोसेलु, लामिन यामल, मिकेल ओयार्जबाल, अयोजे पेरेज, फेरान टोरेस र विलियम्स जूनियर ।

युरोकप जुन १४ देखि शुरु हुँदैछ । स्पेन भने यस युरोकपमा समुह बी मा रहेको छ । यस समुहमा स्पेनसहित क्रोसिया, इटाली र अल्बानिया रहेका छन् । स्पेनले युरोकपमा आफ्नो पहिलो खेल जुन १५ मा क्रोसियाविरुद्ध खेल्ने तालिका रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ