arrow

छेँडछाँड

रविप्रति प्रदीपको टिप्पणी- कोही व्यक्ति नाङ्गै छ र पनि कपडा लगाएको ठान्छ [भिडियो]

नैतिकताको बोध नगरिने राजनीति कांग्रेसले अन्त्य गरेर छोड्ने दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २६ शनिबार
pradeep-poudel-02-25.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा गम्भीर विषय बनेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै राजनीतिमा नैतिकता व्यक्तिसँग निर्भर गर्ने कुरा भन्दै नैतिकताको बोध नगरिने राजनीति कांग्रेसले अन्त्य गरेर छोड्ने दाबी गरे । 

उनले सहकारी विषयमा छानबिन समिति बनिसकेपछि पनि उपप्रधान एवं गृहमन्त्रीकै पदमा रहिरहनु ‘नाङ्गो भइसकेपछि पनि आफूलाई कपडा लगाएको ठान्नु’ रहेको टिप्पणी गरे । उनले छानबिन समिति बनाउँदा पनि राजीनामा दिनुपर्दैन भनेपछि मात्रै संसदीय छानबिन समिति बनेको जिकिर गरे । उनले नेपाली कांग्रेसले संसद्मा सहकारीको मुद्दा नउठाएको भए ७३ लाख जनता जोडिएको मुद्दालाई निर्णायक मोडमा पुर्‍याउन नसकिने स्थिति रहेको बताए।

उनले भने, ‘नेपाली कांग्रेस पार्टीले संसद्मा सहकारीको मुद्दा त्यस ढङ्गबाट अगाडि ल्याउँदैन थियो भने यहाँ सहकारी पीडितहरूले न्याय पाउने अवस्था हुँदैन थियो । ७३ लाख जनता जोडिएको यो मुद्दालाई नेपाली कांग्रेसले एउटा निर्णायक मोडमा पुर्‍याएको छ । संसद्मा नेपाली कांग्रेस पार्टीले यसलाई सशक्त ढङ्गबाट संसद्मा भएका साना पार्टीहरू छोडेर कुनै पनि राष्ट्रिय पार्टीले यो सहकारीको मुद्दालाई उठाएको थिएन । नेपाली कांग्रेस पार्टीले यो मुद्दा उठाइसकेपछि बाध्य भएर कतिपय पार्टीहरू जोडिएको अवस्था हो । सत्तालाई सम्पूर्ण रूपमा दुरुपयोग गरेर यो मुद्दा उठ्न नदिन, गुपचुप गर्न, ढाकछोप गर्न, प्रमाण लुकाउन सम्पूर्ण रूपमा अहिलेको सत्तारुढ गठबन्धन लागेको थियो । त्यसैले समिति गठन गरेर जसमाथि छानबिन गर्न खोजेको हो । हामीले संसदीय समिति गठन गरेर जसमाथि छानबिन गर्न खोजिएको हो, त्यो व्यक्तिलाई तपाईँले राजीनामा दिनुपर्दैन भनेर फकाएर, तपाईँ जुन कुर्सीमा बसिरहनुभएको छ, तपाईँमाथि छानबिन हुँदाहुँदै पनि तपाईँ त्यस कुर्सीमा बसिरहन पाउनुहुन्छ । राजनीतिमा नैतिकता व्यक्तिसँग निर्भर गर्ने कुरा हो । कोही व्यक्ति नाङ्गै छ र पनि कपडा लगाएको ठान्छ भने त्यसमा हाम्रो केही लाग्दैन । त्यसैले संसद्ले छानबिन समिति गठन ग¥यो । त्यसपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा एउटा गम्भीर विषय हो । प्रतिगामी विषय हो । जसलाई छानबिन भइरहेको छ, त्यो व्यक्तिले नै सत्ता चलाउने त्यो खालको परिस्थितिलाई नेपाली कांग्रेसले अन्त्य गरेर छोड्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ