arrow

योजना आयोगका उपाध्यक्ष सवार गाडी रोकेर विद्यार्थीले लगाए आगो, अरू पाँच वटा गाडीमा क्षति [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
car-aago.jpg

काठमाडौँ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरूले विराटनगरमा सरकारी गाडीमा आगजनी र तोडफोड गरेका छन् । विद्यार्थीले विराटनगर महानगरपालिका–१२ स्थित क्याम्पसको गेटअगाडि सडकमा गुडिरहेको कोशी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको गाडीमा आइतबार आगजनी गरेका हुन् । 

मोरङको रङेली नगरपालिकाले शिक्षक नियुक्तिमा अनियमितता गरेको आरोप लगाउँदै आन्दोलित विद्यार्थीहरूको समूहले आज बिहान साढे बजेतिर स्कारपियोमा आगजनी गरेका हुन् । दमकलको सहयोगले आगो नियन्त्रणमा लिए पनि आगोले जलेर गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । चालक र आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारी सवार गाडी रोकेर विद्यार्थीहरूले आगो लगाएका थिए । 

नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले गत बिहीबार ६ जना विद्यार्थीहरूलाई पक्राउ गरेको थियो । उनीहरूको रिहाइको माग राख्दै आन्दोलित बनेका उनीहरूले आज एउटा स्कारपियोमा आगजनी गरेका हुन् । अरू पाँच वटा गाडीमा क्षति पुगेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। गाडी आगजनी गर्ने समूहको खोजी भइरहेको उनले बताए।
पक्राउ पर्ने विद्यार्थीहरू भने रङेली–६ का २३ वर्षीय दीपक यादव, वर्ष २० का राहुल यादव, रुकुम यादव, रङेली–७ का १८ वर्षीय रमणकुमार राय, रङेली–८ का १९ वर्षीय विषेक झा र रङेली–२ का मिलन मिश्र रहेका छन् । 

निजी विद्यालयहरूले आफूखुसी कानूनविपरीत शुल्क लिइरहेको तथा शिक्षक छनोटमा मनपरी गर्दै विद्यालयमा आफ्ना मान्छेलाई नियुक्ति दिलाएको भन्दै विद्यार्थीहरूले जेठ १३ गते नगरपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए । मेयर दिलीपकुमार अग्रवाल र उपमेयर भुमा पराजुली नै नगरपालिकाभन्दा बाहिर छन् । कार्यवाहकको जिम्मेवारी पाएका ८ नम्बरका वडाध्यक्षसँग कुरा नमिलेपछि थप आक्रोशित बनेका उनीहरूले नगर प्रहरीमाथि हातपात गरेका थिए ।

विद्यार्थीहरूले पक्राउको विरुद्ध विराटनगरको रोडशेष चोकमा केही समय सडक अवरुद्ध गर्दै प्रदर्शनसमेत गरेका थिए । पक्राउ परेका विद्यार्थीलाई बिनाशर्त रिहाइ नगरे थप आन्दोलन गर्ने उनीहरूले बताएका छन् । रिहाइ नगरे थप आन्दोलन गर्ने उनीहरूले चेतावनी दिँदै आएका छन् ।

क्याम्पसअगाडि गाडी जलाउनुअघि विद्यार्थीहरूले विराटनगर–१२ पाञ्चालीस्थित कञ्चनजङ्घा पार्टी प्यालेस अगाडि विद्युत् प्राधिकरणको गाडीमा समेत तोडफोड र आगजनीको प्रयास गरेका थिए । विद्यार्थीको ढुङ्गामुडाबाट प्राधिकरणको ‘बा १ १८८७’, ‘बा १ ख ८१८०’ र ‘बा प्रदेश १ ००१ २७०१’ नम्बरको ३ वटा गाडीमा क्षति पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ