arrow

रियासीमा तीर्थयात्री चढेको बसमा अन्धाधुन्ध गोली चल्दा १० जनाको मृत्यु, ३३ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २८ सोमबार
terrorism-attack-jammu.jpg

जम्मु काश्मीर । भारतको जम्मु काश्मीरको रियासी शिवखोरी जान तीर्थयात्री चढेको बसमा आइतबार भएको ‘आतङ्कवादी आक्रमण’मा परी १० जनाको मृत्यु हुनुका साथै ३३ जना घाइते भएका छन् ।

बस दुर्घटनाबारे एएनआईसँग कुरा गर्दै वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रियासी मोहिता शर्माको भनाइमा यो निकै दुर्भाग्यपूर्ण घटना हो । 

बस शिवखोरी मन्दिरबाट कटरातर्फ जाँदै थियो । आतङ्ककारीले गोली चलाएपछि बस चालकले नियन्त्रण गुमाएको र बस खाल्डोमा खसेको थियो । 

शर्माका अनुसार १० जनाको मृत्यु भएको र ३३ जना घाइते भएका हुन् । 

 उनीहरूलाई तत्कालै नरैनापुर र रियासी जिल्ला अस्पतालमा रेफर गरिएको थियो । 

“ती यात्रु स्थानीय थिएनन् । उनीहरुको पहिचान खुल्न सकेको छैन तर प्रारम्भिक रिपोर्टअनुसार उनीहरु उत्तर प्रदेशका हुन्,” शर्माको भनाइ उद्धृत गर्दै एएनआईले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ