arrow

शान्ति शिक्षा अभियानले २५ सय विद्यार्थीलाई दियो वर्षभरि पुग्ने हस्तलेखन पुस्तिका 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २८ सोमबार
shanti-shikchaya-bahiyan.jpg

ललितपुर । शान्ति शिक्षा अभियान नेपालले ललितपुर जिल्लास्थित महालक्ष्मी नगरपालिका भित्रका १४ वटा सामुदायिक विद्यालयका  विद्यार्थीहरुलाई कपी (हस्तलेखन पुस्तिका) वितरण गरेको छ । 

अभियानका अध्यक्ष रबिन्द्र महर्जनका अनुसार कक्षा २, ३, ४ र ५ का २५ सय विद्यार्थीहरुलाई वर्षभरि पुग्ने अंग्रेजी र नेपाली हस्तलेखन पुस्तिका  निःशुल्क वितरण गरिएको हो । 

कार्यको महालक्ष्मी नगरपालिकाकी उप प्रमुख लक्ष्मी महर्जनको प्रमुख आतिथ्यतामा महेन्द्र आदर्श माविका प्रधानाध्यापक एकबहादुर भण्डारीलाई हस्तान्तरण गरी  शुभारम्भ गरिन् । 

नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा हस्तलेखन प्रशिक्षण पश्चात संस्थाले हस्तलेखन पुस्तिका वितरण गरिएको हो । 

संस्थाले वितरण गरिएका पुस्तिकाहरुमा दैनिक एक पाना नेपाली उखान टुक्का लेख्नु पर्ने भएकाले विद्यार्थीहरुको नेपाली  भाषागत ज्ञान पनि बढ्ने विश्वास लिएको अध्यक्ष महर्जनले बताए । 

साथै पुस्तिकाको पछाडिको पानामा संस्थाकी सचिव एवं विश्व कीर्तिमानी आरोही कल्पना महर्जनले सगरमाथाको शिखरबाट उद्घोष गरेको बालविवाह रोकथाम अभियानबारे विस्तृत सन्देशसमेत प्रचार गरिएको छ ।

सय दिनपछि विद्यार्थीहरुले लेखेका पुस्तिकाहरूको मूल्यांकन गरी प्रत्येक  तहगत कक्षाबाट छात्र तथा छात्राहरुलाई पुरस्कृत गरिने संस्थाले जनाएको छ ।

यस संस्थाले आफ्नो स्थापनाकालदेखि काठमाडौँ, ललितपुर, दोलखा र काभ्रे जिल्लामा भौतिक संरचना सुधार गर्ने, शिक्षक प्रशिक्षण  र देशी तथा विदेशी स्वयंसेवक परिचालन गरी सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा अभिवृद्धि कार्यक्रमहरु संचालन गर्दै आइरहेको जनाएको छ ।

संस्थाले महालक्ष्मी नगरपालिका ४ स्थित आफ्नै नाममा दर्ता रहेको जग्गामा निर्माणाधीन बहुउध्येश्यिय स्रोत केन्द्र तथा पुस्तकालय भवनमा शैक्षिक परामर्श  एवं विभिन्न सीपमुलक तालिमहरु समेत संचालन गर्ने संस्थापन अध्यक्ष महर्जनले बताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ