arrow

वित्तीय संस्थासम्बन्धी नीति खुकुलो बनाउने गरी आउँदै मौद्रिक नीति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २८ सोमबार
nepal-rastra-bank-nrb-flag.jpg

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तयारी शुरु भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै मौद्रिक नीतिका लागि सुझाव उपलब्ध गराउन सरोकारवाला तथा सर्वसाधारणलाई आग्रह गरेसँगै मौद्रिक नीतिको तयारी शुरु भएको हो । 

राष्ट्र बैंकले जारी गरेको सूचनामा सर्वसाधारणलाई असार १६ गतेसम्म मौद्रिक नीतिका लागि तोकिएको ठेगानामा सुझाव पठाउन भनेको छ । बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार उक्त सुझाव समेतका आधारमा राष्ट्र बैंकले मौद्रिक नीति तथा वित्तीय संस्थाहरुको नियमनसँग सम्बन्धित नीति तयार गर्नेछ । राष्ट्र बैंकले साउन पहिलो सातासम्म मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी गर्ने प्रवक्ता भट्टले बताए । 

मौद्रिक नीतिको तर्जुमा गर्ने कामको मुख्य जिम्मा बैंकको आर्थिक अनुसन्धान विभागको हुन्छ । सुझाव संकलनको बीचमा राष्ट्र बैंकले बजेटमार्फत् सरकारले लिएका लक्ष्य, राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशन गरेका तथ्यांक र राष्ट्र बैंक आफैँले नियमित रुपमा प्रकाशन गरिएका तथ्यांक तथा बैंक तथा वित्तीय संस्थाहरुको अवस्थाको अध्ययन गर्छ । त्यसमा सरोकारवालाहरुको सुझाव समेतलाई आधार बनाएर मौद्रिक नीति तयार गरिन्छ । 

वित्तीय संस्थासम्बन्धी नीति खुकुलो बन्दै
यो वर्षको मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्थामाथिको नीति खुकुलो हुने भएको छ । राष्ट्र बैंकको नीतिकै कारण उच्च प्रोभिजनिङ गर्नुपर्ने, लगानीसमेत गर्न नसक्ने अवस्थालाई सहज बनाउने तयारी गरिएको छ । 

अहिलेको अवस्थामा असल कर्जाको प्रोभिजनिङलाई १ प्रतिशतमा झार्ने, केही कर्जामा राखिँदै आएको जोखिम भारको प्रतिशतलाई घटाउने र कर्जा विस्तारको सीमालाई केही खुला गर्ने विकल्प राष्ट्र बैंकलाई छ । 

मौद्रिक क्षेत्रको व्यवस्थापनमा भने अहिले खासै समस्या छैन । बजार ब्याजदर, तरलता र मूल्यस्तर अपेक्षित सीमामै रहेकोले यसमा सामान्य परिवर्तन बाहेक अरु गर्नुपर्ने अवस्था छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ