arrow

टी–२० विश्वकपमा नेपाल

श्रीलंकासँगको खेलअघि रोहितले के भने ? [भिडियो]

नेपाल र श्रीलंकाबीचको खेल बुधबार बिहान ५ः१५ बजेदेखि शुरु हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २९ मंगलबार
rohit-poudel-new.jpg

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले १४० सम्मको स्कोर बनाउने टिमले जित हात पार्ने बताएका छन् ।  आईसीसी टी २० विश्वकपअन्तर्गत श्रीलंका दोस्रो खेलको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । कप्तान पौडेलले श्रीलंकासँगको खेललाई लिएर टिम उत्साहित रहेको बताए ।

पौडेलले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताए । उनले वेस्टइण्डिजको पिच स्पिनर बलरका लागि धेरै नै राम्रो रहेको र विकेटटेकर बलर लामिछाने टिममा भित्रिएकाले लामिछानेको अनुभव र उत्कृष्टतामा नेपाललाई झनै खेल जित्ने अवसर हुने बताए । 

उनले भने, ‘वेस्टइण्डिजको पिच एकदमै स्पिनरका लागि राम्रो छ । विकेटटेकर बलर एड भएको छ, अनुभव पनि छ, दाइको टी २० मा । अब राम्रो हुनेछ । श्रीलंका टिम राम्रो छ । हामीलाई भन्दा बढी प्रेसर श्रीलंकालाई छ जस्तो लाग्छ मलाई । धेरैजसो डट बल भइरहेको छ । १४० बनाउन सक्यो भने जित्ने सम्भावना हुन्छ । शुरुवाती ब्याट्सम्यानले राम्रो गर्न सके सबैमा आत्मविश्वास आउँछ । हामी बलियो टिम र भोलिको गेमलाई लिएर उत्साहित छौँ । यो टुर्नामेण्ट अप डाउन भइरहेको छ । प्रेसरलाई सहेर खेल्ने टिमले नै जित्छ ।’

नेपाल र श्रीलंकाबीचको खेल बुधबार बिहान ५ः१५ बजेदेखि शुरु हुँदैछ । यो खेलमा जित हासिल गर्दा नेपालको सुपर ८ प्रवेश सम्भावनाको ढोका खुल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ