arrow

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३० बुधबार
parliament-house-new-2080-12-16.jpg

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बस्दै छ । बैठकमा प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत शहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । 

डा. अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८१ अन्तर्गत शहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । 

अजयकुमार चौरसियाले विनियोजन विधेयक, २०८१ अन्तर्गत शहरी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । राजेन्द्रकुमार के.सी.ले विनियोजन विधेयक, २०८१ अन्तर्गत रक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । 

सुरेन्द्रराज आचार्यले विनियोजन विधेयक, २०८१ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । जीवन परियारले विनियोजन विधेयक, २०८१ अन्तर्गत कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । 

विनियोजन विधेयक, २०८१ को शहरी विकास, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कानून, न्याय तथा संसदीय मामिला शीर्षकको बजेटमाथि छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ