arrow

बुद्धिचाल प्रतियोगिता शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३० बुधबार
chess-game-pokhara.jpg

पोखरा । पोखराको लेकसाइडमा यू-१५ विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचाल प्रतियोगिता शुरु भएकाे छ ।

बुद्धिचाल प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद् गण्डकीले संयुक्तरुपमा आयोजना गरेका हुन् ।

प्रतियोगितामा सात वटै प्रदेशका छात्र/छात्रा गरी दुई टोलीबाट चार/चार गरी ५६ जना खेलाडी सहभागी छन् ।

प्रतियोगिताका चिफ आर्विटर बालराम पुनका अनुसार राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

बिहीबारसम्म सञ्चालन हुने प्रतियोगितामा आज पहिलो दिन तीन खेल सञ्चालन हुने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ