arrow

गगन थापाबारे अफवाह फैलाउँदै सामाजिक सञ्जाल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३० बुधबार
gagan-thapa-02-26.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाबारे सामाजिक सञ्जालमा अफवाह फैलाएको पाइएको छ । सामाजिक सञ्जालमा थापामाथि उनी स्वास्थ्य मन्त्री हुँदा उपकरण खरिद तथा अन्य काममा करोडौँ रकम अनियमितता भएको भन्दै अख्तियारमा जाहेरी दर्ता भएको अफवाह फैलाइएको छ । 

गत जेठ २७ गते उजुरी दर्ता भएको भन्दै दर्ता नम्बरसमेत दिइएको छ । तर अख्तियारले भने जेठ २७ गतेदेखि अहिलेसम्म गगन थापाविरुद्ध कुनै पनि उजुरी नपरेको जनाएको छ । 

गगन थापा त्यस्ता नेता हुन् जसले संसदमा पटक पटक २०४८ सालयता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न भनिरहेका छन् । भ्रष्टाचारको विरोध गर्दै आइरहेका उनीमाथि दबाब बढाउन पनि यस्तो स्टाटस लेखिएको हुन सक्ने आँकलन गरिएको छ । 

पछिल्लो समय गगनसहित उनको पार्टीले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने अडान राखेकै कारण छानबिन समिति बनेको छ भने गिरीबन्धु टि–स्टेट प्रकरणमा केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नीतिगत भ्रष्टाचार भएको भन्दै छानबिनको माग गरिएको छ । 

कानूनी झमेलामा पर्ने भएसँगै धेरैले अहिले धमाधम स्टाटस हटाउन थालेका छन् ।

यस्तो छ सामाजिक सञ्जालमा फैलाइएको अफवाह–
'तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाले मन्त्रालयको विभिन्न स्वास्थ्य उपकरण खरिद र अन्य काममा करोडौँ रकम अनियमितता गरेको भन्दै कारबाही गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा जाहेरी दर्ता भएको छ। उजुरी दर्ता नं C-077580/2081-02/27.'


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ