arrow

दम्पती हत्याका आरोपी सार्वजनिक

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८१ जेठ ३० बुधबार
killler-81-2-30a.jpg

काभ्रे । महाभारत गाउँपालिका–४ महादेवटारमा भएको दम्पतीको हत्या आरोपीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले सार्वजनिक गरेको छ ।

गत जेठ ८ गते ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकैमाया बलको हत्यामा संलग्न भएका जिल्ला सिन्धुपाल्चोक जुगल गा.पा.-१ घर भई महाभारत गाउँपालिका–४ महादेवटारमा सडक निर्माण सम्बन्धि काम गर्ने ३८ वर्षीय एकेन्द्र सार्कीलाई प्रहरीले सार्वजनिक गरेको हो ।

जस्ताले बारेको २ वटा टहरा मध्ये किराना पसल भएको टहरामा मानबहादुरको तथा भान्सा रहेको अर्को टहरामा  केकैमायाको शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड़काका अनुसार दम्पतीमध्ये  केकैमायाको फलामको ह्यामरले तथा मानबहादुरको आफैँले बोकेर लगेको फलामको रड प्रयोग गरी  हत्या गरेको जानकारी दिइन् ।

मृतक मान बहादुरको मोबाइल, मृतक केकैमाया तामाङनीले लगाएका सुनका गरगहनाहरु, मृतकहरुको पसलमा रहेको रिचार्ज कार्डहरु तथा नगद रकम समेत लुटी लगेको र ती सामग्रीहरूको आधारमा सार्कीलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काठमाडौँ र जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको थियो ।

घटना सँग सम्बन्धित प्रहरीले दिएका तथ्यहरु:

सडक निर्माण सम्बन्धी काम गर्ने प्रतिवादी एकेन्द्र सार्की मृतकहरुको पसलमा सामानहरु लिन बेलाबखतमा गइरहने गरेको थियो । आर्थिक स्थिति कमजोर भएको सार्कीको तीन लाख रुपैया भन्दा बढी ऋण तिर्न बाँकी रहेको र सो रकम मध्यमा निजको सालीको पचास हजार रुपैयाँ जेठ महिना भित्र तिर्न पर्ने र उसको श्रीमतीले फोन गरेर दबाव दिएको कारण तनाव भैरहेका थिए । बेलाबेलामा केकैमायाको पसलमा गैरहेका सार्कीले उनले लगाएको सुनका गहनाहरु देखेपछी सुन लूटने योजना बनाएका थिए । सुन लूटने योजना बनाएपछि कामगर्ने ठाउमाँ ८ गते देखी बिदा समेत लिएका थिए । एकेन्द्र सार्कीले जेठ ७  गते राति ११:४५ बजेको समयमा फलामको रड  साथमा लिइ मानबहादुर बलको घरमा गई पसल छेउँको बाइक राखेको स्थानमा रड लुकाइ साबुन तथा स्याम्पु किन्ने बाहाना बनाइ बोलाउँदा मानबहादुर बलले भान्सा कोठाको ढोका खोली पसलमा सामान निकाल्न गएको मौका छोपी केकै माया तामाङनी सुतेकै स्थान नजिकै रहेको काठको बिँड भएको फलामको घनले केकै माया तामाङनीलाई हानी कर्तव्य गरी पसल तर्फ गईनिजले लुकाएको उक्त फलामे रडले मान बहादुर बललाई टाउकोमा प्रहार गरी कर्तव्य गरी उक्त पसलको घर्राबाट नगद रकम, रिचार्ज कार्ड , मृतक मान बहादुर बलको मोबाइल र मृतक केकै माया तामाङनीले लगाएको सुनको गरगहना लुटी घरको मेन स्वीच समेत अफ गरी घटनास्थलबाट भागेका थिए । जेठ ७ गते घटना घटाएका सार्की जेठ १६ गते पक्राउ परेका थिए । नियन्त्रणमा रहेको सार्कीलाई ज्यान सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार घटना घटाउन प्रयोग गरेको फलामे घन लगायत घटनास्थलबाट बरामद गरिएका सबुद प्रमाणहरुलाई परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको थप अनुसन्धान भइरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ