सय खेल खेलेका किरण भन्छन्- नेपालको जर्सी लगाउन पाउनु नै मेरा लागि महत्त्वपूर्ण [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३१ बिहिबार
767
Shares
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले आफ्नो लागि सय खेल भन्दा नेपालको जर्सी लगाउन पाउनु बढी गर्वको कुरा भएको बताएका छन् । फिफा विश्वकप २०२६-एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गतका खेल खेलिसकेर बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मत बिन फहद रङ्गशालामा गत मंगलवार यमनविरुद्ध खेल्दै राष्ट्रिय टिमबाट आफ्नो नेपालका लागि सयौँ खेल पूरा गरेका थिए । उनले खेलमा प्रदर्शन तल माथि भइरहने भन्दै उनले सय खेल खेल्नु भन्दा पनि नेपालको जर्सी लगाउनु नै आफ्ना लागि गर्वको कुरा भएको बताए । उनले आफ्नो स्वास्थ्य राम्रो हुन्जेलसम्म टिमबाट खेलिरहने बताए ।