arrow

ग्लोबल आईएमई बैंकद्वारा वित्तीय तथा डिजिटल बैंकिङ साक्षरता कार्यक्रम आयोजना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३२ शुक्रबार
global-ime-bittiya-sakchara.jpg

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेड डिल्लीबजार शाखाले वित्तीय तथा डिजिटल बैंकिङ सम्बन्धी साक्षरता कार्यक्रम आयोजना गरेको छ । 

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा ३० का अध्यक्ष दलबहादुर कार्की, वडा नं.२९ का अध्यक्ष  कुश ढकाल, वडा नं. ३० का वडा सदस्य मनोजकुमार डंगोल, वडा नं. ३० का वडा सचिव शम्भु बराल लगायत २०० जनाभन्दा बढी व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बैंकका मार्केटिङ विभाग प्रमुख दिलिप पोखरेल, बागमती प्रदेश प्रमुख रूपेन्द्र वाग्लेले बैंकले प्रदान गर्ने आधुनिक बैंकिङ सेवाहरुको बारेमा जानकारी गराएका थिए ।

डिल्लीबजार शाखा प्रबन्धक श्रुती हाडाका अनुसार कार्यक्रमको मुख्य उदेश्य आफ्ना ग्राहकहरुमा डिजिटल प्रविधिको पहुँच विस्तार तथा वित्तीय साक्षरता गराउनु रहेको छ । 

ग्लोबल आएमई बैंक लिमिटेड देशको एक अग्रणी बैंकको रुपमा स्थापित बैंक हो  । यस बैंकले मुलुकको ७७ वटै जिल्लाहरुबाट ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट बैंकिङ प्रदान गर्दै आइरहेको छ बैंकले जनाएको छ । 

वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम विगत केही वर्षदेखि यस बैंकका सबैजसो शाखाहरु मार्फत हरेक वर्ष अभियानकै रुपमा संचालन हुँदै आएको पनि बैंकले जानकारी दिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ