arrow

किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३२ शुक्रबार
farmer-bufallow-2081-2-32.jpg

काभ्रे। जिल्लाको खानीखोला गाउँपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण गरेको छ । सातै वडाका  १०  किसानलाई ५० प्रतिशत अनुदानमा १० वटा भैँसी वितरण गरिएको हो ।

खानीखोला गाउँपालिकाको सहयोगमा उपाध्यक्ष दोर्जेमान जिम्बाको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । यो भैँसी वितरण कार्यक्रमले जनतामा उत्साह र युवाहरू विदेश जनाबाट रोकावट हुने र पशुपालन पकट क्षेत्र बनाउन सक्ने विश्वास प्रकट गरे । 

किसानलाई व्यावसायिक बनाउँदै दूध उत्पादन वृद्धि गर्न गोठ सुधारका कार्यक्रमसँगै दुधालु भैँसी वितरण गरिएको पशु विकास अधिकृत हेमन्त घिमिरेले जानकारी दिए । उनले भैँसीसँगै किसानलाई भैसिको बिमा औषधिसमेत वितरण गरिएको बताए । 

अधिकृत घिमिरेका अनुसार गाउँपालिका र प्रदेश सरकारको सहयोगमा भैँसी पकेट क्षेत्र सञ्चालन गरिएको छ। पकेट क्षेत्र सञ्चालनका लागि १० वटा कृषि फर्म गाउँपालिकामा निवेदन आएका फर्मका लागि भैँसी वितरण गरेको हो ।

भैँसी अनुदानमा पाउने फर्महरु देउराली कृषि तथा पशुपंक्षी फर्म, मंगल तितुङ वडा नं ६   देउराली कृषि तथा पशुपंक्षी फर्म, अबिना तितुङ वडा नं ६ चौतारा कृषि तथा पशुपंक्षी फर्म नीरबहादुर थिङ वडा नं २ राकेश कृषि तथा पशुपंक्षी फर्म छोरीमायाँ बल वडा नं ५ लुइचे कृषि तथा पशुपंक्षी फर्म कल्पना गोले वडा नं ६ जनभावना कृषि तथा पशुपंक्षी फर्म पावन थिङ वडा नं २ राजकुमार कृषि तथा पशुपंक्षी फर्म राजकुमार आचार्य वडा नं ५ प्रगति कृषि तथा पशुपंक्षी फर्म श्याम लोप्चन वडा नं ४ काजिमान गोले कृषि तथा पशुपंक्षी फर्म काजिमान गोले वडा नं ६ उकाली ओराली  कृषि तथा पशुपंक्षी फर्म कान्छी मायाँ भोलन वडा नं ६ पशुपालन फार्म समूह गठन गरी काम गरिएको छ । कार्यक्रम सञ्चालनपश्चात पशुपालन क्षेत्रमा लाग्ने किसान उत्साहित हुने उनको भनाइ छ ।

जीविकोपार्जनका लागि विदेश जानुभन्दा गाउँमै कृषि क्षेत्रमा लाग्न अभिप्रेरित गर्न यस्ता कार्यक्रमले सघाउने खानीखोलाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले  बताए । 

उनले किसानलाई दिने अनुदान र उनीहरूले गरेको उत्पादनको बजारीकरणका लागि पालिकाले निरन्तर सहयोग गरिरहने जानकारी दिए । 

कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष बुद्धिबहादुर स्याङ्तान (बाबु) लेखापाल बमकाजी शेर्पाली, योजना शाखा प्रमुख तथा वडा नं ७ का सचिव मित्र भण्डारी, चण्डीका थापा, पशुप्राविधिकहरुलगायत कृषकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ